इजलासमै पैसा र सुनको पोको

काठमाडौं, चैत २८ । न्यायालयभित्र भ्रष्टाचार हुने गरेको भन्दै बार र बेन्चबीच जुहारी चलिरहेका बेला काठमाडौं जिल्ला अदालतमा मंगलबार इजलासको छेउमै पैसा र सुनको पोको भेटिएको छ । 

अदालतकै एक महिला कर्मचारीले रकम र सुन बोकेकी  थिईन् ।

जिल्ला अदालतमै कार्यरत तामेलदार भगवती भण्डारीबाट मंगलबार ८० हजार नगद र सुनको पोको भेटिएको हो । 

कुन प्रयोजनका लागि रकम इजलाससम्म पुर्याइएको भन्ने खुल्न सकेको छैन । नयाँ पत्रिका दैनिकमा समाचार छ ।