तपाईको एसएलसीको नतिजा यसरी हेर्नुहोस्

काठमाडौँ, ४ असार - २०७१ सालको एसएलसी परीक्षाको नतिजा अहिले केही बेरपछि सार्वजनिक हुँदै छ। 

सरकारले एसएलसीको परीक्षाफल थाहा पाउन एसएमएस, आइभीआर र वेवसाइटमा हेर्न मिल्ने व्यवस्था गरेको छ। परीक्षा नियन्त्रण कार्यलय सानोठिमीका परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले विभिन्न नम्बरमा एसएमएस पठाएर, शिक्षा मन्त्रालय, विभाग र परीक्षा नियन्त्रण कार्यलयको वेवसाइटसँगै अरु धेरै वेवसाइटमा पनि परीक्षाफल हेर्न सकिने जानकारी दिए। 

विद्यार्थीलाई सहज होस् भनेर यो व्यवस्था गरिएको उनले बताए।  परीक्षा नियन्त्रक द्वारेका अनुसार इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन्। त्यसको लागि SLC  लेखेर एक स्पेस दिएपछि सिम्वल नम्बर लेखेर ५५६६, १६००,  ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिन्छ।

१६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । 

तलका वेवसाइटमा पनि नतिजा थाहाँ पाउन सक्नु हुनेछ । वेबसाइटका लागि यहाँ क्लिक गर्नुहोस् :