नवलपरासी, २६ भदौ । ठूलो र मिठामिठा सपना देखाएर छोरीलाई फकाइ फुलाइ विदेश लगे, अहिले न उता बन्धकजस्तो बस्न बाध्य भएकी छिन ।
६ वर्षअघि साउदी हिँडेकी देवचुली नगरपालिका ७ नवलपरासीकी सन्तमाया नेपालीकी आमा पार्वतीले सबैलाई यही दुखेसो गर्ने गर्छिन ।
सन्तमाया अझै घर फर्कन पाएकी छैनन् । कमजोर आर्थिक अवस्था अनि जम्मम ३ कक्षा पढेकी उनलाई विदेश लैजाने चाँजोपाँचो प्रगतिनगरकी लिला पाण्डेले गरेकी हुन् ।
भारतको बाटो लगेर, भारतीय एजेन्टको सहयोगमा उनलाई साउदी पुर्याएको लिला पाण्डेले स्वीकार गरेकी छिन् । राजधानी दैनिकमा समाचार छ ।

