उजेलीले पाउने भईन् नयाँ जीवन

बीबीसी साझा  सवाल  कार्यक्रममा मोटर सम्म चढ्न नपाएको, शहरमा  ठुला ठुला घर/महल  हुन्छन् भन्ने सुनेको, अग्लो  धरहरा छ भने  सुनेको तर गत बैशाख महिनामा गएको शक्तिशाली भूकम्पले ढलेको भन्ने जानकारीसमेत पक्का नभएकी एक अन्जान गाउँले बालिका सिन्धुपाल्चोक जिल्लाको  सदरमुकाम चौतारा नजिकै भूकम्पबाट पिडित भई शेलाङ भन्ने बस्तीमा अस्थाई   बसोवास  छाप्रोमा गुजारा चलाई रहेको उजेली (फुर्व सङ्मो तामाङ) ले उच्च शिक्षा सम्मको अध्ययन र होस्टेलमा बस्ने अबसर  पाएकी  छिन् | 

उनलाई United‬ OneWorld Group (Genesis Academy Bouddha and T & L Family: Thelma & Lousie Nepal तथा Thelma & Lousie Expedition, Australia, France) ले  सम्पूर्ण  व्यवस्थापन मिलाएको बारेमा ‘अति हर्षका साथ सम्पूर्ण उजेलीको शुभचिन्तकहरुलाई यो सुचित गर्दछौं” भन्दै समाजसेवी  बुद्ध छिरीङ मोक्तान तामाङले फेसबुक मार्फत  जानकारी दिनु भएको छ |

उलेजी स्वास्थ्य रुपमा पनि निरोगी  रहेको जानकारी यस अघि नै जानकारी आईसकेको छ | बीबीसी सवालमा उनीले व्यक्त गरेको भावाना “यो  गाउँको मान्छेले जिन्दगीभर कहिले पनि सुख पाउदैन ? के  हामीले सधै दु:ख  दु:ख  भोग्नुपर्छ ” प्रश्नले सारा  नेपालीहरुको ध्यानाकर्षण भएको थियो |

बीबीसी साझा सवालमा  देखा परेका ‘गुरुङ्ग बा’ मार्फत सो निर्णयको जानकारी उजेलीको परिवारलाई जानकारी गराई सकेको र भोली बिहान बुद्ध छिरीङ मोक्तान तामाङ र भिम रुम्बा तामाङ ‘उजेली’को काठमाडौं आगमनको व्यवस्था मिलाउन शेलाङ जाने भएको छ  ।

बीबीसी  साझा सबाल टिमलाई अभियान्ता समुहले  धन्यवाद व्यक्त गरेको छ |