ओली पक्षबाट नविना अखिलको उम्मेद्वार, महर महासचिवमा

१७ माघ, काठमाडौं । नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको आसन्न राष्ट्रिय सम्मेलनमा ओली पक्षले नवीना लामालाई अध्यक्षको उम्मेद्वार बनाउने औपचारिक टुंगो लगाएको छ ।

एउटै गुटबाट अध्यक्षको दौडमा रहेका ऐन महर र नवीना लामामध्ये नवीना अध्यक्षको उम्मेद्वार बन्ने निश्चित भएको हो । अध्यक्षका दावेदार रहेका वर्तमान उपाध्यक्ष ऐन महर महासचिवका उम्मेद्वार बनेका छन् ।

त्यसैगरि चार उपाध्यक्षमा रश्मी आचार्य, शैलेस लामा, महेश बर्तौला र सुनिता बराल ओली पक्षको उम्मेद्वार बन्ने निश्चित भएको छ ।

अखिलका पूर्वअध्यक्षहरु भानुभक्त ढकाल, खिमलाल भट्टराई, माधव ढुंगेल लगायतको पहलमा महर पछि हटेका हुन् ।

ओली पक्षले आइतबार नै नयाँ बानेश्वरबाट उम्मेद्वारी घोषणा गर्नेभएको छ ।

माधव नेपाल पक्षले भने दीपक गौतमलाई अध्यक्षको उम्मेद्वार बनाउने भएको छ । नेता योगेश भट्टराईको पहलमा नेपाल पक्षले गौतमको प्यानल घोषणा गर्ने तयारी गरिरहेको छ ।
- अनलाइनखबर