स्वागत, भेटघाट तथा परिचयात्मक कार्यक्रममा हार्दिक निमन्त्रणा !
पोर्तुगलमा दैनिक रुपमा विभिन्न मूलुकबाट नेपालीहरु भित्रिने क्रम बढ्दो छ । नेपाली नारी समाज पोर्तुगलले पोर्तुगलमा रहनु भएका र आफ्नो जीवनयापनको लागि विविध क्षेत्रमा संघर्षरत नव आगन्तुक महिला दिदी-बहिनीहरुलाई स्वागत साथै महिला साथीहरु बीच भेटघाट र परिचयात्मक कार्यक्रम राखिएको हुनाले पोर्तुगलमा रहनु भएका सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरुलाई सो कार्यक्रममा उपस्थित हुन विनम्रताका साथ हार्दिक अनुरोध गर्दछ । त्यस्तै आउदै गरेको अन्तर्राष्ट्रिय नारी दिवस (मार्च ८ )को कार्यक्रम आउँदो मार्च १३ तारिख, आईतबार हुन लागेको हुदाँ त्यस बारेमा पनि छलफल गर्नुपर्ने हुनाले सबैले चिनेजानेका महिला दिदीबहिनीहरुलाई दुवै कार्यक्रममा उपस्थितिका लागि जानकारी गर्न गराउन समेत हार्दिक अनुरोध छ । साथै पोर्तुगलमा रहनु हुने पुरुष महानुभावहरुले पनि आफ्ना दिदीबहिनीलाई यो कार्यक्रमको बारेमा जानकारी गराई कार्यक्रममा सहभागी हुने वातावरण मिलाई दिनुहुन समेत नेपाली नारी समाज पोर्तुगल सबैमा सादर अनुरोध गर्दछ l
मिति : २८ फेब्रुअरी २०१६ आईतबार
समय : ३: ०० बजे
स्थान : Anjos ,CNAI नजिकै, धनराज शेर्पाको रेष्टुरेन्टको तलको हल l
