पोर्तुगलमा सोनाम ल्होछार फेब्रुअरी १४ का दिन मनाइदै

२८५२ औं सोनाम ल्होछार  (ते-ल्हो) को अवसरमा पोर्तुगलका तामाङहरुले पनि एक कार्यक्रमको आयोजना गर्ने भएका छन् । 

कार्यक्रममा समाजको तेश्रो अधिवेशन पनि हुनेछ । कार्यक्रम फेब्रुअरी १४ तारिख आइतबारका दिन रुवा पाल्मिरा ४६ मा हुने छ । 

उनीहरुले खानपीन र साँस्कृतिक कार्यक्रम गर्ने योजना बनाएका छन् । साँस्कृतिक कार्यक्रममा तामाङ जातिको भेषभूषा, रीतिस्थिति, चालचलन र संस्कृति झल्कने लोकनृत्यहरु पनि समावेश गरिने छ । 

स्थानीय कलाकारहरु पद्यम योन्जन, कुञ्साङ वाइबा, रामबाबु योञ्जन, सञ्जय लामा र देव लामालगायतले आफ्ना प्रस्तुति पस्कने बताइएको छ । तामाङ समाजले लोछार भव्य रुपमा सम्पन्न गर्न ५१ सदस्यीय समिति गठन गरेको छ ।