बागलुङ, ६ फागुन । नेपाली काँग्रेस बागलुङको जिल्ला अधिवेसनबाट देउवा पक्षका दिपेन्द्रबहादुर थापा सभापतिमा निर्वाचित भएका छन् । बिहिवार सम्पन्न मतगणनाबाट थापाले संस्थापनका जगदीशचन्द्र उपाध्यायलाई पराजित गरेका हुन् ।
पहिलो चरणमा बुधवार सम्पन्न निर्वाचनमा पहिलो स्थानमा पुगेका उपाध्याय र दोश्रो स्थानका थापाबीच निर्वाचनबाट थापाले ३ सय ७१ मत ल्याए भने उपाध्यायले २ सय ८७ मत ल्याए ।
सभापतिमा निर्वाचित भएपछि थापाले पार्टीलाई संस्थागत बनाउने, युवा पुस्तालाई जिम्मेवारी र पुरानो पुस्तालाई सम्मान गर्ने प्रतिवद्धता जनाए ।
‘व्यक्तिगत र एकल निर्णयले पार्टी धरासायी भएको छ’ थापाले भने,‘कसैलाई पनि औंला ठड्याउने ठाउँ दिने छैन ।’ थापा अघिल्लो अधिवेसनमा प्रकाश शर्मा पौडेलसंग १३ मतले पराजित भएका थिए ।
सचिवमा पौडेल र कोषाध्यक्षमा गौतम विजयी
बुधवार भएको मतदानमा सचिव पदमा नवराज पौडेल विजयी भएका छन् । उनले ३ सय ६८ मत ल्याए भने प्रतिष्पर्धि लालप्रसाद घर्तीले २ सय ६८ मत पाए । विजयी पौडेल र उपविजेता घर्ती दुवै संस्थापन पक्षका हुन् । पौडेललाई उपाध्याय प्यालनको समर्थन थियो भने घर्तीलाइ कंडेल र थापा पक्षको समर्थन थियो ।
त्यस्तै कोषाध्यक्ष पदमा देउवा पक्षका उमेश गौतमले जितेका छन् । गौतमले ३ सय १७ मत ल्याए भने संस्थापनका टेकबहादुर श्रीषले २ सय ४४ मत ल्याए । कोषाध्यक्षको उमेदवारी दिएका पूर्णबहादुर पौडेले ४९ र बिष्णु बस्नेत खत्रीलाई ९ मत खसेको थियो ।
क्षेत्र नं. २ बाट सदस्यमा ओमकार थापा र फमखत्री निर्विरोध भएका छन् । महिला र दलित सदस्य पनि निर्विरोध भएको बताइएको छ ।
यसैबीच, छिमेकी जिल्ला नेपाली काँग्रेस पर्वतको जिल्ला अधिबेशनबाट खिमप्रसाद भुसालले १३७ मतले अर्का उमेद्वार खगेन्द्रप्रसाद तिवारीलाई पछि पार्दै सभापतिमा विजय भएका छन् । निर्वाचनमा भुसालको ३४४ र तिवारीले २०७ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । कांग्रेस पर्वतको सचिवमा देउवा पक्षका विश्वप्रकाश प्रसाई विजयी भएका छन् भने कोषाध्यक्ष पदमा रामकृष्ण बम मल्ल विजयी भएका छन् ।

- जनमन्च