यू-१९ विश्वकप : क्वाटर फाइनलमा नेपाल र आयोजक बंगलादेशबीच भिडन्त हुने

१९ माघ, काठमाडौं । अन्डर १९ विश्वकप क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल र आयोजक बंगलादेशबीच भिडन्त हुने भएको छ ।

समूह डीको उपविजेता नेपाल र समूह ए को विजेता बंगलादेशबीचको क्वार्टरफाइनल खेल शुक्रबार मीरपुरमा हुनेछ ।

मंगलबार भएको खेलमा नामिबियाले दिएको ६६ रनको लक्ष्य बंगलादेशले १६ ओभरमा २ विकेट गुमाएर भेट्टाउँदै ८ विकेटको जित निकाल्यो ।

समूह ए को उपविजेता बन्दै नामिबियाले अब समूह डीको विजेता भारतको सामना गर्नेछ ।