काठमाडौं, २० माघ । पूर्वयुवराज पारस शाहकी थाई प्रेमिका कन्निका चैयासर्नले आफ्नो छोराले बाबु खोज्न थालेको भन्दै निकै मनछुने स्टाटस अपडेट गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा बुधबार उनले यस्तो स्टाटस लेखेकी हुन् ।
यो समाचार तयार पार्नुभन्दा ९ मिनेटअघि अपडेट भएको स्टाटसमा लेखिएको छ, ‘मेरो छोरो युनिभर्सको तर्फबाट एउटा प्रश्न पाएँ, “मेरो बुबा नेपालमा हुनुहुन्छ, तपाईं किन त्यहाँ जानुहुँदैन ? म मेरो बुबासँग बस्न चाहन्छु ।” मैले जवाफ दिए, ‘तिम्रो बुबा मै हुँ र आमा पनि म नै हुँ ।’
त्यसको केही मिनेटपछि नै उनले अर्को स्टाटस अपडेट गरेकी छन् ।
‘मैले आफ्नो अतितबाट टाढा हुने फैसला गरेको थिएँ, जब युनिभर्स ३ महिनाको थियो । अहिले ऊ ८ वर्षको भयो । उसलाई पारस आफ्नो बाबु हो जस्तो लाग्छ, किनभने उसले जीवनमा आफ्नो बाबुलाई कहिल्यै भेटेको छैन । उसले यो प्रश्न सोध्दा मेरो आँखामा आँसु आएको थियो ।’
![]() |
| कन्निकाको छोरो युनिभर्स |
पारस शाह थाइल्याण्डमा रहँदा कन्निकासँगै बस्थे । उनी नेपाल फर्किएपछि कन्निकाले आफ्नो फेसबुकमार्फत मनको बह पोख्दै आएकी छन् । उनको फेसबुकमा प्राय नेपाली साथी छन् ।
- साझा पोष्ट




