जुम्ला, फागुन १४ - आज दिउँसो कालिकोटमा दुर्घटना भएको एयर काष्ठमाण्डपको विमानका चालकले दुर्घटनाअघि विमानको अवस्था ठिक नभएको भन्दै सचेत गराएको घाइते यात्रुले बताएका छन् ।
“जहाजको अवस्था ठीक छैन, तपाईहरु नआत्तिनुस्, सुरक्षित ठाउँमा विमान अवतरण गराउँछौँ, हामी मरे पनि तपाईहरुलाई बचाउँछौँ,” उपचारमा संलग्न चिलखाया स्वास्थ्य चौकीका अहेव जङ्गबहादुर रावलले घाइतेलाई उद्धृत गर्दै भने ।
चालकले यात्रुलाई सचेत गराएको केही मिनेटमै विमान खेतमा अवतरण त भयो तर विमानको अघिल्तिरको भाग खेतमा धस्सिँदा चालक दलका दुवै सदस्यले ज्यान गुमाउनु पर्यो ।
नेपालगञ्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको विमान कालीकोटको चिलखाया गाविस–२ मा आकस्मिक अवतरणका क्रममा दुर्घटना भएको हो ।
स्थानीय प्रत्यक्षदर्शी नन्द कटुवालले फोनमा जानकारी दिए अनुसार विमान गाउँदेखि करिब दुई सय मिटर टाढा गहुँ खेतमा खसेको थियो ।
“ठूलो आवाज आयो, के रहेछ भनेर हेर्दा त जहाज मेरै अघिल्तिर खेतमा ठोक्कियो,” कटुवालले भने ।
खेतमा विमानको अघिल्तिरको भाग ठोक्किएपछि अन्य यात्रु आफै बाहिर निस्केका थिए ।
“जहाजको ढोका आफै खुल्यो, यात्रु घाइते अवस्थामा निस्किए,” उनले भने ।
चालक दलका एक सदस्यको विमान भित्रै तथा अर्काको दुर्घटना भएको अढाई घण्टापछि मृत्यु भएको अहेव रावलले बताए ।
“एक जनाको विमानमै मृत्यु भइसकेको थियो, च्याप्पिएर रहेका कारण बाहिर निकाल्न सकिएन” –रावलले भने ।
चालक दलका अर्का सदस्यको विमान दुर्घटनाको अढाई घण्टापछि मृत्यु भएको उनले बताए ।
“बाहिर निकालेको एक घण्टासम्म दुख्यो दुख्यो भनेर कराइरहनु भएको थियो,” अहेव रावलले भने “हामीले सक्दो उपचार गर्यौँ तर बचाउन सकिएन । समयमै हेलिकप्टर पुग्न सकेको भए सायद बाँच्थे कि ।”
विमान दुर्घटनाको खबर पाएपछि गाउँदेखि आधा घण्टा टाढा रहेको स्वास्थ्य चौकीबाट रावलसहित स्वास्थ्य सहायक किशोर श्रेष्ठ, अर्का अहेव कमलबहादुर शाही र कार्यालय सहायक रनबहादुर खत्री दगुर्दै घटनास्थल आइपुगेका थिए । चारैजना स्वास्थ्यकर्मीले घाइते यात्रुको खेतमै उपचार गरे ।
घाइते नौ जनामध्ये पाँच पुरुष, तीन महिला तथा एक नाबालक रहेका छन् ।
घाइतेमध्ये जुम्ला पटमाराका लक्ष्मण खड्काको अवस्था चिन्ताजनक रहेको अहेव रावलले बताए ।
अन्य यात्रुहरु जुम्ला चन्दननाथ नगरपालिका– ६ का जगदम्बा खत्री गिरी, उनका एक वर्षीय छोरा अनिल गिरी, चन्दननाथ नगरपालिका– ८ कार्कीवाडाकी लक्ष्मी सुनार, चन्दननाथ– ५ का गणेश भट्टचन, उनकी छोरी सोनाली भट्टचन, चन्दननाथ– ६ का मेघराज गिरी, चन्दननाथ– ५ का धनञ्जय केसी तथा नुवाकोट थान्सिङ गाविस– ३ घर भई हाल काठमाडौँ स्वयम्भू बस्दै आएका ध्रुवप्रसाद भण्डारीको अवस्था खतरामुक्त रहेको छ ।
“सबै जना होसमै छन्” – उपचारमा संलग्न अहेव रावलले भने ।
अहिले मुगुबाट आएको हेलिकप्टरले घाइते र मृतकलाई लिएर नेपालगञ्ज गएको छ ।
एअर काष्ठमण्डपको नाइनएनएजेविको विमान नेपालगन्जबाट नौ जना यात्रु लिएर आज दिउँसो १२ः३० वजे जुम्लाका लागि उडेको थियो ।

- हिमालखबर