जापानमा एक नेपाली विद्यार्थीद्वारा झुण्डिएर आत्महत्या

२० फेब्रुअरी, जापान । दक्षिण जापानको ओकिनावा नाहा सी वातासा शहरमा भाषा कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थीले शुक्रवार साँझ रुखमा झुण्डिएर आत्महत्या गरेका छन ।  

बुटवल घरभई हाल ओकिनावाको जेसीयस जापानी भाषा कलेजमा अध्ययनरत २१ वर्षिय कमल खनालले हिजोराती झुण्डिएर आत्महत्या गरेका हुन ।

सोही कलेजमा अध्ययनरत दाई केशव खनाललाई सम्वोधन गर्दै सुसाईट नोट लेखेर काम गर्ने ठाउँको रुखमा झुण्डिएको अवस्थामा उनको शव शनिवार विहान भेटिएको थियो ।

सुसाईट नोटमा उनले: दाई, म मर्दैछु, साथीसंग १० हजार पैसा लिनुछ, मेरो घर परिवारलाई हेरि दिनुहोला । भनी लेखेको कागज आफनै गोजीमा राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

स्थानिय एक कृषकको फर्ममा पार्ट टाईम जव गर्दै आएका मृतक खनाल भाषा विद्याका रुपमा गत अक्टोवर सेसनका लागि जापान आएका थिए ।

भाषा अध्ययनरत गर्दै आएका दाई केशवकै सहयोगमा जापान आएका कमल विगत केही समययता तनावमा देखिन्थे । कलेजले हालै स्वास्थ्य जाँच गर्न स्थानिय अस्पतालमा लगे पश्चात उनी एकाएक निरास देखिएका थिए । 

अस्पतालको रिपोर्ट आई नसके पनि केही हतास र निरास गफ गर्ने गरेको उनीसंगै वस्दै आएका साथीहरुले बताए।

हाल उनको शव प्रहरीले पोष्टमार्टमका लागि अस्पतालमा लगेको छ । आत्महत्या गर्नुको कारण भने अझै खुल्न नसकेको बताईएको छ ।
- नेपाल जापान डट कम