यमुना छन्त्याल, लिस्बन, पोर्तुगल । नेपाल पोर्तुगल कला संस्कृति तथा साहित्य संचार परिषदले अप्रिल १० का दिन दोश्रो अधिवेशन गर्ने भएको छ । सोमबार यहाँ सम्पन्न भेलाले सांस्कृतिक कार्यक्रमसहित अधिवेशन र नेपाली नयाँ वर्षको शुभकामना कार्यक्रम गर्ने निर्णय गरेको हो ।
भेलाले परिषद्का अध्यक्ष कुमार श्रेष्ठको संयोजकत्वमा आयोजक समिति र कलाकार देव लामाको संयोजकत्वमा साँस्कृतिक टोली गठन गरिएको छ । २००९ जनवरी २७ का दिन स्थापना भएको परिषदले नेपाल पोर्तुगल ट्यालेण्ट हन्ट जस्ता लोकप्रिय कार्यक्रम सम्पन्न गरेको थियो ।
पोर्तुगीस राहदानी प्राप्त गरेर संस्थाका साथीहरु अरु देशमा गएपछि संस्थामा केही काम गर्न अप्ठेरो परेको बताइएको छ । 'त्यसैमाथि अध्यक्ष श्रेष्ठको स्वास्थ्यमा केही समयदेखि समस्या परेको कारण संस्था निस्क्रिय रहन पुगेको थियो' भेलामा परिषद्का वरिष्ठ उपाध्यक्ष बिनोद घिमिरेले बताए ।
