तेरियाको नाच हेरेर पनि धोको पूरा भएन पोर्तुगलका नेपालीलाई

योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । पोर्तुगलमा रहेका मगरहरुले विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गरी यस वर्षको माघे सङ्क्रान्ति मनाएका छन् । 

डिआईडि लिट्टिल मास्टर २०१४ की बिजेता नृत्याङ्गना तेरिया फौजा मगरले नेपाली र हिन्दी गीतमा नृत्य प्रस्तुत गरिन् । लोक तथा दोहोरी गायिका लाली बुढाथोकी, गायक सुमन बुढासाथै पोर्तुगलमा रहेका कलाकारहरुद्वारा गीत र नृत्यहरु प्रस्तुत गरिए । 

तेरियाको प्रस्तुति हुने कार्यक्रमका लागि धेरै सानो हल ! दर्शकले खचाखच भरिनु स्वभाविक थियो, दर्शकलाई थोरै कठिनाईका बाबजुद कार्यक्रममा नाचे रमाए । 

सटिक औपचारिक कार्यक्रम । पोर्तुगलमा रहेका थोरैबाहेक सबैजसो कलाकार समेटिएको कार्यक्रम।

नेपालमा जनजातिहरुमा सबैभन्दा बढी संख्या रहेको मगरहरु माघे संक्रान्तिलाई सबैभन्दा हर्षोल्लासकासाथ मनाउदछन् । पोर्तुगलमा पनि हरेक वर्ष यसरी कार्यक्रमसहित शुभकामना आदानप्रदान गर्ने गरिन्छ । 

---------------------------------------------------------------------------------------------------------------

तेरियाको उज्ज्वल भविष्यको कामनास्वरूप बिदाई !

डिआईडि लिट्टिल मास्टर २०१४ की बिजेता नृत्याङ्गना तेरिया फौजा मगरको उज्ज्वल भविष्यको कामनास्वरूप पोर्तुगलमा सम्मान गरिएको छ । सोमबार राति डिनर पार्टीसहित सम्मान तथा बिदाई कार्यक्रम गरिएको थियो ।  

सहभागीहरुले तेरियाको नाच हेरेर पनि धोको पूरा नभएको र दोहोरी गायकद्वय बुढाथोकी र बुढाको घम्साघम्सी दोहोरी सुन्ने रहर पूरा हुन नसकेको चाहना व्यक्त गरे ।  

कार्यक्रममा नेपालबाट पोर्तुगल आएर मनोरन्जन दिने लोक तथा दोहोरी गायिका लाली बुढाथोकी मगर, तेरियाकी आमा अनिता फौजा मगर, अमेरिकाबाट आएका लोक तथा दोहोरी गायक सुमन बुढा मगर, गैह्र आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य नेत्र मगर (बेल्जियम) र नेपाली सङ्घीय समाज बेल्जियमका महासचिव लोक राना मगरलाई पनि सम्मान र यात्रा सफलताको कामना गरियो । 

आईसीसी सदस्य मगर, गायक बुढा, महासंघका अध्यक्ष कान्छा शेर्पा, सङ्घीय समाजका उपाध्यक्ष दावासाङ्गे पाख्रिन, महासचिव राना, नेपाली सङ्घीय महिला समाज पोर्तुगलकी महासचिव ताराकुमारी गुरुङलगायतले आ आफ्नो शुभकामना मन्तव्य राखेका थिए । शेर्पा मम रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष गणेश याक्खा र संचालन समाजका महासचिव नरभूपाल राईले गरेका थिए ।