नारी समाज पोर्तुगलको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाली नारी समाज पोर्तुगलले स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा महिलाहरुको समस्या र समाजका उद्देश्यबारे छलफल भएको थियो । 

कला राई र सुनीता मानन्धरले कार्यक्रम र समाजको योजनाबारेमा प्रष्ट्याएका थिए । समाजले  नवआगन्तुक उपस्थित महिलाहरुलाई स्वागत गर्यो ।

अध्यक्ष सीता बरालको अध्यक्षतामा महासचिव मनु मल्ल रानाभाटले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रम एभरेष्ट नेपाल रेष्टुरेन्ट आन्जुसमा सम्पन्न भएको थियो ।