फाल्गुन १५, काठमाडौँ : सार्वजनिकस्थलमा स्वाइँस्वाइँ चुरोट तानेर फु गर्दै धुवाँ उडाउने १७ जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ ।
प्रहरी प्रभाग कोटेश्वरले धूमपान नियन्त्रण अभियान अन्तर्गत सडक, चोक र सार्वजनिक स्थानमा धूमपान गर्नेलाई पक्राउ गर्ने अभियानलाई शुक्रबारदेखि तीव्र पारेको हो ।
शुक्रबार मात्रै कोटेश्वर क्षेत्रबाट प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिई कारबाही गरेको प्रहरी सहायक निरीक्षक जीवन खड्काले जानकारी दिए।
पक्राउ परेकाहरुलाई रु १०० जरिवाना गरिनाका साथै आइन्दा सार्वजनिकस्थलमा धूमपान नगर्न सम्झाइबुझाइ गरी छाडिएको थियो । नेपाल प्रहरीले मुलुकभर नै यो अभियान सुरु गरेको छ । रासस

