
९ फागुन, काठमाडौं । अमेरिकाको मिशिगन प्रान्तमा एक बन्दुकधारीले अन्दाधुन्द गोली चलाउँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।
मिशिगन प्रान्तको कालामाजुमा गोली चलेको हो ।
प्रत्यक्षदर्शीका अनुसार कारमा सवार व्यक्तिले गोली चलाएको थियो । उसको खोजी भैरहेको अधिकारीहरुले बताएका छन् ।