काठमाडौँ : भारतलाई हराउँदै नेपाल दक्षिण एसियाली खेलकुद (साग) फुटबल च्याम्पियन भएको छ।
भारतको गुहाटीमा स्वर्ण पदकका लागि भएको खेलमा भारतले ३२ औँ मिनेटमा खाता खोलेको थियो। हलिचरण नार्जारीले पाएको पेनाल्टीको सदुपयोग गर्दै गोल गरेपछि मध्यान्तरअघिसम्म भारत १-० ले अगाडि रह्यो।
आक्रामक फुटबलको नमूना देखाउँदै नेपालले ६५ औँ मिनेटमा गोल फर्कायो। अन्जन विष्टलाई लडाएपछि पाएको फ्रिकिकमा प्रकाशले शानदार गोल गरे।
७० औँ मिनेटमा नेपालका स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गरी २-१ को अग्रता दिलाए।
- पहिलो पोष्ट

