बेल्जियम । आज १३ फेब्रुअरि २०१६ का दिन नेपाली जनप्रगतिशील मंच , वेल्जियमको आयोजनामा २१ औं ऐतिहासीक जनयुद्ध दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । देश र जनताको पक्षमा जिवन उत्कर्ष गर्नु हुने सम्पुर्ण विर शहिदहरु प्रति १ मिनेट स्मरण गर्दै नेपालको १० वर्षको जनयुद्ध र विर शहिदहरु लाल सलाम, जनवादी क्रान्तिका वांकी कार्यभार पुरा गर्दै समाजवादी व्यवस्था तर्फ अघि वढौं भन्ने विषयमा तथा महान जनयुद्धका घाइतेहरु र बेपत्ता परिवारको वारेमा गर्नु पर्ने कार्यमा कमि रहेकोमा समिक्षा गर्दै नेपालको वर्तमान परिस्थिति तथा हाम्रो दायित्वका वारे व्यापक छलफल गरि कार्यक्रम मनाइयो ।
कार्यक्रममा उठेका जिज्ञासामा संयुक्त नेपाली मोर्चा का अध्यक्ष सुरेन्द् भुसालले प्रष्टयाउनु भएको थियो । सोही कार्यक्रमकै अर्को चरणमा नेपाली जनप्रगतिशील मंच, वेल्जियमको कार्य समितिको नियमित वैठक वसी मंचको पुर्व निर्धारित कार्यक्रम बमोजिम नेपालमा भुकम्प बाट क्षतिग्रस्त भएको सिन्धुपाल्चोकको चौतरा वडा नं २ स्थित श्री वागिश्वरी निम्न माध्यमिक विद्यालय, गिदाने को भवन निर्माणको सहयोगका लागि मंचका महासचिव कृष्ण तिवारी समेतको टोलीले केहि दिन अगाडि मात्र गरेको स्थलगत अवलोकलन पछि उक्त विद्यालयको भवन निर्माणार्थ संस्थाको तर्फ वाट रु १०,०००० अक्षेरुपी दश लाख सहयोग दिने घोषणा बमोजिम तत्कालै कार्यान्वयन लाग्ने निर्णय गरेको वताइएको छ । मंचको महाधिवेशन गर्ने तथा संगठन सम्वन्धि अन्य महत्वपुर्ण निर्णय समेत गरेको छ ।
कार्यक्रम मंचका अध्यक्ष चित्र सुवेदीको अध्यक्षतामा सम्पन्न गरिएको थियो भने संचालन महासचिव कृष्ण तिवारीले गर्नु भएको थियो ।

