एनआरएन तथा जनसम्पर्कका अध्यक्ष चेलिबेटी तथा मानव वेचविखनमा संलग्न

सुदर्शन थापा
काठमाडौं । सांस्कृतिक कार्यक्रमका लागि भन्दै १४ दिनको टुरिस्ट भिसामा मकाउ पु¥याइएकी एक महिला ११ महिनापछि प्रहरी र गैर आवसीय नेपाली संघको सहयोगमा काठमाण्डौ ल्याईएको छ ।

माइती नेपालको संरक्षणमा रहेकी स्याङ्जाकी ती ३१ वर्षे सञ्जु थापा माघ ५ गते काठमाडौं आएकी हुन् । नेपाल प्रहरी र संघको सहयोगमा उद्धार गरिएकी सञ्जु अहिले माइती नेपालमा छिन् । वैदेशिक रोजगारीको शिलशिलामा सांस्कृतिक कार्यक्रम भन्दै पर्यटक भिसामा गएकी उनलाई एजेन्टहरुले महिनाको ५ हजार डलर तलव हुने लोभ देखाएर मकाउ ल्याएका थिए ।

 तर, उनले त्यहाँ राम्रो आम्दानी होइन चरम मानसिक यातना मात्र खेप्नु परेन यौनशोषणको शिकार हुनुप¥यो । उनी त्यहाँ पुगेको ११ महिनापछि काठमाडौंस्थित महानगरीय अपराध महाशाखाको हटलाइन नम्बर ११७७ मा कुवेतबाट फोन आयो, एक चिनियाँ व्यक्तिको घरमा नेपाली युवती बेचिएकी छिन् भनेर। दुई दिनसम्म पार्कमा बसेपछि थकित उनलाई एक जना नेपालीले नेपाल प्रहरीको ११७७ मा खवर गर्न मद्धत गरेका थिए । 

गुनासो आएपछि काठमाडौं अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले तत्काल मकाउमा रहेका नेपाली र संघसंस्थासँग समन्वय गरे। उजुरी आएको ३ दिनभित्रमा उनले ती युवतीलाई त्यहाँबाट एनआरएन मकाउको सहयोगमा उद्धार गरे। सञ्जुलाई उद्धार गरेको पर्सिपल्ट प्रहरीले काठमाडौंको नयाँ बानेश्वरमा रहेको कम्पास रिक्रुइमेन्ट प्रालिका संचालक सुवास थापामगरलाई पक्राउ गर्‍यो । 

वैदेशिक रोजगारीको क्रममा मकाउमा नै रहेका सुर्दशन थापा र उनका सहयोगी मकाउ ताकसेक पार्क बस्ने लोकराज रावलले मकाउमा उनलाई चिनियाँ घरमा बेचेको पीडितले बताएकी छिन् । सुर्दशन र उनका सहयोगी रावलले मात्र होइन घर मालिकले समेत सधैँ यौन हिंसा गर्न थालेपछि उनी त्यहाँबाट भागेकी पनि बताइन । 

यता, काठमाडौं जिल्ला अदालतमा मकाउ पठाउने म्यानपावर कम्पनीका मालिक सुवास थापामगर, मकाउमा यौनहिंसा गर्ने सुवासका बाबु सुदर्शन थापामगर र मकाउमा चिनियाँलाई बेच्ने दलाल लोकराज बरालविरुद्ध मुद्धा समेत उनले दर्ता गराएकी छिन् । थापामगरमाथि मानव वेचविखन तथा ओसारपसार मुद्दामा चलाएको छ। मकाउमा रहेका सुदर्शन र लोकराजलाई पनि नेपाल झिकाउने तयारी भइरहेको प्रहरीले बताएको छ । 

राम्रो काम लगाइदिने भन्दै मानव बेचविखन तथा ओसारपसारमा संलग्न नयाँबानेश्वरमा कम्पास मेनपावरका सञ्चालक सुवास थापामगरलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । नेताहरुको पहुँच देखाएर उनी मानव तस्करीमा लागेको जानकार वताउँछन् । 

मानव तथा चेलिवेटी वेचविखनमाका नाईके को हुन सुर्दशन ?

 सन् १९९८ को जुन जुलाईतिर मकाउ पुगेका सुदर्शन थापामगर भगौडा नेपाली सेना हुन् । सशस्त्र द्धन्द्धका बेलामा भागेर उनी मकाउ पुगेका थिए । त्यहाँ उनले सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । त्यसपछि उनले आफ्नै रेस्टुरेन्ट खोलेर त्यहींबाट महिला ओसारपसारको धन्दा सुरू गरेको मकाउमा वस्दै आएका नेपाली बताउँछन् । सुर्दशन एनआएनए मकाउका पूर्व अध्यक्ष हुन् । 

अहिले उनी काँग्रेस निकट जनसम्पर्क समिति मकाउका अध्यक्ष छन् । उनले श्रम रोजगार लगाइदिन्छु भन्दै वेरोजगार नेपालीबाट मोटो रकम असुलेर ठगी धन्दा थालेको थुप्रै वर्ष भइसकेको पीडितको गुनासो छ । मकाउमा झण्डै चार हजार नेपाली छन् । त्यहाँ नेपाली सेना र नेपाल प्रहरीका अवकाश प्राप्तले सजिलै सुरक्षा गार्डमा जागिर पाउँदै आएका थिए । 

तर, सुदर्शनको बदमासीले त्यो जागिर पनि नेपालीले पाउन कठिन हुँदै गएको पीडित बताउछन् । सुदर्शनले काठमाडौंबाट झुटो कागजपत्र बनाइ पारपाचुके गरेको कागज लगेर चिनियाँ केटीसंग बिहे समेत गरेको उनका आफन्तले बताए । नेपाली कामदारको समेत उनले तलववाट कमिसन लिने र नदिने नेपालीलाई कुटपिट गर्नुका साथै अङ्गभङ्ग गर्दिने गरेको नेपाली कामदार बताउँछन् । 

सुदर्शनले आफ्नो छोराले सञ्चालन गरेको म्यानपावरमार्फत रेस्टुरेन्टका लागि कल्चरल डान्स गर्न भन्दै केटीहरुलाई टुरिष्ट भिसामा लैजाने अनि बेच्ने गरेको समेत खुल्न आएको छ । झण्डै एक सय जनाको संख्यामा युवतीहरु सुदर्शनले लिएर गएको स्रोतको दाबी छ । तीमध्ये ६–७ जना नेपाल फर्किसकेका छन् । दुई जनाले त पीडा सहन नसकेर आत्महत्या गरिसकेका छन् ।

 सांस्कृतिक कार्यक्रमको कागजात बनाउँदै लैजाने गरेको देखिएको हो । मकाउ जस्तो ठाउँमा पर्यटन भिसामा तैपनि चर्चामा नरहेका व्यक्तिलाई सजिलै नेपाल सरकारले जान दिनुलाई पनि ठूलै मिलेमतो रहेको स्पष्ट हुन्छ । सुदर्शनका छोरा पक्राउ पर्नुका साथै सुदर्शनलाई समेत झिकाउन प्रहरीले कसरत थालेको छ । सुवासलाई छुटाउन विभिन्न दलका नेता लागि परेको समेत स्रोतको दाबी छ ।

 प्रहरी परिसरमासमेत उनले फोन गरेर केस पन्छाउन लगाएका छन् । परिसर प्रमुख विक्रम थापा भने मुद्धा अदालतमा गइसकेपछि आफूले बोल्न नमिल्ने बताएको पीडितका आफन्तले बताए । यस्तै सुदर्शनले बैशाख १२ गते गएको भूकम्पपछि सघाउन उठेको आधा रकम आफैले कुम्ल्याएको सहयोगकर्ताहरुको गुनासो छ ।
- janatakhabar