इजरायल जाने केअरगिभरले आइतबार सम्ममा स्वास्थ्य परिक्षण गरिसक्नुपर्ने

काठमाडौं, माघ २९ – इजरायलका लागि केअरगिभरमा छनौट भएका ६० जनाले आउँदो आइतबार सम्ममा स्वास्थ्य परिक्षण गरिसक्नुपर्ने भएको छ । 

वैदेशिक रोजगार विभागले आफ्नै खर्चमा आइतबार भित्रमा नोपाल स्थित इजरायल दूतावासले तोकेका स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन जानकारी गराएको हो । स्वास्थ्य परिक्षणको रिपोर्ट दूतावासमा पठाउने र सफल हुनेले तालिम लिन पाउने छन । 

सफल उम्मेद्वार र तालिमको मितिपछि जानकारी गराउने विभागले जनाएको छ । इजरायल दूतावासले स्वास्थ्य परिक्षणका लागि नेपाल इन्टरनेशनल क्लीनिक ट्राभल एण्ड माउण्टेन मेडिसियन सेन्टर लालदरबार, काठमाडौं र हिमाल पोलिक्लीनिक एण्ड रिसर्च सेन्टर सानोभर्‍याङ काठमाडौं तोकेको छ ।
- उज्यालो अनलाइन