नेपालमै पहिलोपटक बन्यो क्यान्टिलिभर पुल (फोटो फिचर)

गोरखा, ९ असार । नेपालमै पहिलोपटक चीनको जस्तै क्यान्टिलिभर पुल निर्माण गरिएको छ ।

गोरखा जिल्लाको केरौंजा गाविस वडा नं. ९ यारु बगरमा नेपालकै पहिलो क्यान्टिलिभर पुल (ढुङ्गामा खोपेर बनाईएको पुल) बनाउने काम सम्पन्न भएको हो ।

नेपालमा नै पहिलो पटक सम्पन्न भएको १९५ मिटर लामो उक्त पुल चट्टानी ढुंगामा खोपेर बनाईएको छ । यही बैशाख २ गतेबाट सुरु गरिएको सो पुल जेठ २८ गते निर्माण कार्य पूरा भएको हो । पुल ४ करोड ५० लाखको लगानीमा निर्माण भएको छ ।

विनाशकारी भूकम्प पश्चात पहिरो र बाढीले गर्दा करिब एक वर्षदेखि यारु बगरको बाटो अवरुद्ध भएको थियो । सो पुल बनेपछि गोरखा जिल्लाका ७ गाविस सिर्दिवास, लो, प्रो, बिही, सामागाउँ, चुम्चेत र छेकम्पारवासीले राहत पाउने भएका छन् ।

स्वीजरल्यान्डबाट आएका प्राविधिकहरुले ३५ दिन लगाएर पुल निर्माण गरेका थिए । निर्माणका लागि चाहिने सबै सामान हेलिकप्टरबाट ओसार पसार गरिएको थियो ।



- दैनिक नेपाल