पुरुषोत्तम सुबेदी , बेल्जीयम : गत २ जुनमा बेल्जीयममा एक विवाहित नेपाली युवतीले आत्माहत्या गरेको दुख:द खवर सेलाउन नपाउंदै १३ जुन बेल्जीयमको गेन्ट शहरमा नेपाल बाग्लुङ्ग नरेठाँटी घर भएका एक जवान नेपाली भुम प्रसाद गैरेको उनको आफ्नै डेरामा असामयिक निधन हुन पुग्यो l गैरे बिगत १६ वर्ष पहिले युरोपको जर्मनीमा आएका थिए l करिव ४ वर्षपछि गैरे पोर्चुगलको बासिन्दा हुन पुगे l करिव ९ बर्सको पोर्चुगल बसाइ पश्चात उनि त्यहाको स्थायी नागरिकता प्राप्त गरे पछी बिगत ५ वर्ष देखी उनी बेल्जीयमको गेण्ट शहरमा आइ बसोवास गर्दै आएको बुझिन्छ l
बेल्जीयम एक सानो मुलुक भएको हुनाले यहाँ बसोवास गर्ने झन्डै ७ हजार नेपालीहरु मध्ये एक नेपालीले अर्को नेपाली लाइ नचिन्ने बिरलै पाइन्छन l यस्तै यहाँ भुम प्रसाद गैरे गेन्ट शहरमा बस्दै आएता पनि नेपाली समुदाए देखी अपरिचित अवस्थामा रहेको देखिन्छ l मृतक गैरे एक सम्पन्न परिवारका मानिन्छन l श्रोतका अनुसार उनका आफन्त दाजु भाइहरु अमेरिका र जापानमा बसोवास गर्दै आएका छन् भने कोही नेपालमै रहेका छन् l मृतक भुम प्रसाद गैरे, भाइ हरु मध्यका साहिला हुन l उमेरले ४९ वर्ष पुगेका गैरेका श्रीमती छोरा छोरी भने उनीहरुकै गाउँ बाग्लुङ्ग नरेठाँटीमै छन् l मृतक भुम प्रसाद गैरेले प्रवासमा लामै संघर्स गरेता पनि आफ्ना परिवारलाइ आँफु संगै झिकाउन भने सकिरहेका थिएनन l
********************************************************
किन हुन सकेन गैरेको परम्परागत दाह संस्कार ?
*********************************************************
आत्माहत्या बाट मृत्यु हुन पुगेकी सरिता थापाको अत्यन्तै शिष्टता पुर्वक हिन्दु परम्परागत दाह संस्कार गर्न सफल भएको बेल्जीयमको नेपाली समाजले गत १३ जुनमा बेल्जीयम गेन्ट स्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेका बाग्लुङ्ग निवासी भुम प्रसाद गैरेको परम्परागत दाह संस्कार गर्न भने चुकेको छ l नेपालीहरु संग नजिक हुन नसकेता पनि गैरेको असामयिक निधन पश्चात बेल्जीयमको सबै खाले समाज लगाएत नेपाली दुतावास अनबीज्ञ थिएन l
मृत अवस्थामा उनको आफ्नै कोठामा भेटिएका गैरेको मृत्यु बारे जानाकारी सर्व प्रथम बेल्जीयमको स्थानिया प्रसाशनले नेपाली दुतावास लाइ खवर गरेको थियो l सो खवर पाउना साथ नेपाली दुतावास बेल्जीयमले यहाँ स्थित नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली सघका वर्तमान अध्यक्ष गंगाधर गौतमलाइ खवर गर्न पुग्यो l उक्त खवर पाउना साथ् अध्यक्ष गौतमले बेल्जीयमको सम्पूर्ण नेपाली जनमानस लाइ खवर पुर्याएका थिए l
बेल्जीयममा यो दुख:द खवर पाएता पनि यहाँ स्थित नेपाली समाजले मृतक गैरेको असामयिक निधन प्रती गैर जिम्मेवारीरुपले प्रस्तुत भएको सहज अनुभुती गर्न सकिन्छ l मृतक गैरे धनि हुन वा गरीव , बेल्जीयमको नेपाली समाजमा परिचित हुन वा अपरीचित , बेल्जीयमको नेपाली सभ्य समाज लाइ त्यसले कुनै फरक नपर्नु पर्ने हो , तर यहाँ त्यसो हुन सकेन l पहिलो कुरा त बाक्लै अवस्थामा रहेको गेण्ट स्थित एकाध व्यक्ति बाहेक नेपाली समुदाएले यस तर्फ कमै ध्यान दिएको बुझिन्छ l अर्को तर्फ एक जिम्मेवार सबैको साझा संस्थाले पनि प्रक्रियागत अगाडी बढेको पाइएन l कारण के भने आज २३ जुनका दिन मृतक गैरेको अन्त्यस्टीको सुचना सम्प्रेसण गरेका गैरआवासीय नेपाली संघ बेल्जीयमका अध्यक्ष गङ्गाधर गौतम पनि मृतक गैरेको लाशको सतगत गर्ने बारे स्पस्ट हुन सकेनन l
***************************************************
गैरेको अन्त्यस्टी बारे अस्पस्ट कारण के थियो त ?
***************************************************
मृतक गैरे बेल्जीयममा केहि समय यता यहाको स्थानिय निकाए सामाजिक कोस (O .C .M .W ) बाट बेरोजगार भत्ता खाँदै आएका थिए l बेल्जीयममा यस्तो प्रकृतिको मानिसको मृत्यु भएमा यहाँको स्थानीए निकाएले आफ्नै मातहत बाट मृतकको दाह संस्कार गर्ने गर्छ l तर बेल्जीयममा यत्तिका ठुलो नेपाली समाज हुँदा हुँदै पनि मृतक गैरेको शव बेवारिसे अवस्थामा अन्त्यस्टी हुनुले बेल्जीयम समाज लाइ लज्जित तुल्याएको छ l बेल्जीयमवासी नेपालीहरुको जति सुकै सभ्य समाज भए पनि एक हिन्दु नेपालीको शव लाइ व्यवस्थित रुपमा दाह संस्कार गर्न नसक्नु हामी सबै बेल्जीयमवासी नेपालीहरुको कमजोरी भएको छ l मृतककै सखा भाइ उपस्थित हुँदा हुँदै पनि गैरेको शव लाइ नेपाली समाजको अन्डरमा ल्याउन नसक्नु यहाँका अगुवाहरुको ठुलो भुल भएको महसुस गर्नै पर्छ l
सबैले थुके खोलो बग्छ l यहाँ काल कसलाई नआउला र ? त्यसै पनि यस्तो घटनामा जो कसैले पनि ५ , १० युरो दिन हिच्किचाउदैन l गैरआवासीय साझा संघ बाहेक यहाँ समाजको हितको लागी कम्मर कसेको स्वयम् बाग्लुङ्ग समाजले समेत आफ्नो कर्तब्य पुरा नगरेपछि बेल्जीयमको नेपाली समाज केवल कितावमा मात्रै सीमित भएको भान हुन गएको छ l नेपाली संस्कार र सभ्यताको जगेर्ना गर्न प्रत्यक नेपालीले बर्सको ५ युरो nrn कै भै परी आउने कोसमा जम्मा गर्दै गएमा आउदा दिनमा धनि गैरे हुन वा गरीव गैरे - सबै ऐरे गैरेको परम्परागत दाह संस्कार गर्न सहज हुने कुरा हामी सबैले बिर्सनु हुन्दैन l
स्मरणीय कुरा के छ भने मृतक गैरेको दाह संस्कारका लागि निकै टाढा - टाढा बाट त्यहाँ पुगेका नेपालीहरु शवमा फुल चढाएर फर्कनु बाहेक स्वयम् मृतक गैरेकै आफ्ना साखा भाइ लगात करिव १०० भन्दा अधिक व्यक्तिहरु अन्योलमै रहनुले यहाँ स्थित नेपाली समाजको नेतृत्वको व्यवस्थापनको ठुलो कमजोरी भएको छ l