युरोकप प्रिक्वाटरफाइनल : कुन टिम कहिले कोसँग भिड्दैछन ? ( नेपाली समय तालिकासहित)

९ असार, काठमाडौं । फ्रान्समा जारी युरोकपमा लिगचरणको खेल सकिएपछि अब सबैको नजर नकआउट चरणमा परेको छ ।

६ समूहबाट पहिलो र दोस्रो हुने १२ टिम र ६ समूहमा तेस्रो भएर सबैभन्दा बढी अंक ल्याएका ४ गरी १६ टिमले अब प्रिक्वाटरफाइनल अर्थात अन्तिममा १६ मा पुग्दै क्वाटरफाइनल प्रवेशका लागि खेल्ने भएका हुन् ।

तेस्रो स्थानमा रहेर पनि छानिने चार भाग्यमानी देश

समूह बीबाट चार अंकसहित स्लोभाकिया, समूह सीबाट ३ अंकसहित उत्तरी आयरल्याण्ड, समूह इबाट चार अंकसहित रिपब्लिक आयरल्याण्ड र समूह एफबाट तीन अंकसहित पोर्चुगलले पनि नकआउट चरणमा पुगेका हुन् ।

जो तीन अंक ल्याएर पनि अभागी रहे

समूह एबाट अल्बानिया र समूह डीबाट टर्कीले तीन तीन अंक जोडे पनि गोल अन्तरका आधारमा उत्तरी आयरल्याण्ड र पोर्चुगल अगाडि रहे ।

समूह चरणबाटै बाहिरिने टिम

एबाट अल्बानिया र रोमानिया, बीबाट रसिया, सीबाट युक्रेन, डीबाट टर्की र चेक रिपब्लिक, इबाट स्वीडेन र एफबाट अष्ट्रिया छन् । बाहिरिने टिममा युक्रेनले मात्र अंक जोड्न सकेन । रोमानिया, रसिया, स्वीडेन, चेक रिपब्लिक र अष्ट्रियाले एक एक खेल बराबरी गर्दै एक एक अंक हासिल गरे ।

असार १३ गते हुने स्पेन र इटालीबीचको भिडन्त नकआउट चरणको ठूलो भिडन्त हुने देखिएको छ । पूर्व युरोविजेता स्पेन र इटालीबीच १३ असार राती ९ बजेर ४५ बजे भिडन्त हुँदैछ ।


समूह ए – फ्रान्स विजेता, स्वीटरल्याण्ड उपविजेता
समूह बी – वेल्स विजेता इग्ल्याण्ड उपविजेता
समूह सी – जर्मनी विजेता, पोल्याण्ड उपविजेता
समूह डी – क्रोयसिया विजेता, स्पेन उपविजेता
समूह इ – इटाली विजेता, बेल्जियम उपविजेता
समूह एफ – हंगेरी विजेता आइसल्याण्ड उपविजेता

युरोको प्रिक्वाटरफाइनल कुन टिम कहिले कोसँग भिड्दैछन ?

म्याच १ : स्वीजरल्याण्ड र पोल्याण्ड २५ जुन ११ असार शनिबार ६ः४५

म्याच २ : वेल्सविरुद्ध उत्तरी आयरल्याण्ड २५ जुन ११ असार शनिबार ९:४५

म्याच ३ : क्रोयसियाविरुद्ध पोर्चुगल २५ जुन ११ असार राती १२:४५

म्याच ४ : फ्रान्सविरुद्ध रिपब्लिक आयरल्याण्ड २६ जुन १२ असार साँझ ६:४५

म्याच ५ : जर्मनीविरुद्ध स्लोभाकिया २६ जुन १२ असार राती ९:४५

म्याच ६ : हंगेरीविरुद्ध बेल्जियम २६ जुन १२ असार १२:४५

म्याच ७ : इटालीविरुद्ध स्पेन २७ जुन १३ असार राती ९:४५

म्याच ८ : इग्ल्याण्डविरुद्ध आइसल्याण्ड २७ जुन १३ असार १२:४५