बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका मंगलापुरकी विद्या गौतमलाई लागेको थिएन आफ्नै श्रीमान त्यति क्रुर र निर्दयी हुन्छन् । श्रीमान अर्जुनलाई उनी भगवान ठान्थिन् । त्यसैले त अर्जुनप्रति कहिल्य कुनै शंका गरिनन् ।
अर्जुनले जे भन्यो, त्यही मानिन् । तर, आज आफ्नै श्रीमानले भनेको मान्दा उनी न्यायको भीख माग्दै अदालत र प्रहरी समक्ष धाउन बाध्य छिन् । अहिले, छ वर्षसम्म सँगै विताएका अर्जुनले साथ छोडेका छन् भने घरपरिवारबाट उनी निकालिएकी छिन् । आज विद्याको साथमा छन त केही छिमेकी गाउले र इष्टमीत्र ।
घटना हो, गत माघको । अर्जुनले विद्यालाई घुम्न जाने प्रस्ताव गरे । आफूहरु घुम्न जादा छोराछोरीको पढाई विग्रने भएपनि श्रीमानको कुरा काट्न सकिनन् । श्रीमानले घुम्न जाने प्रस्ताव गरेपछि, विद्यालाई लाग्यो – ‘मायाँ गरेर राखेको प्रस्ताव कसरी नाई नभनुँ ।’ विद्यालाई के थाहा श्रीमानको त्यो प्रस्ताव देखावटी र बनावटी मात्र थियो ।
घुम्न भनेर नेपालगञ्ज गएको पहिलो दिनमै अर्जुनले नेपालगञ्जमा व्यवसाय गर्ने कागजी प्रक्रियाकालागि भन्दै विद्यालाई एउटा काजगमा हस्ताक्षर गर्न कर गरे । पहिलेदेखि योजना बनाएका अर्जुनको व्यवसाय त एउटा नाटक थियो । अर्जुनमाथि विश्वास गरेकी उनले पढ्दै नपढी हस्ताक्षर धस्काइन् । अर्जुनले तयार गरेको उक्त काजग सम्वन्ध विच्छेदको थियो । त्यही काजका कारण घरबाट उनी निकालिएकी छिन् ।
एकै पटक विद्याले आफ्नो योजनाको जानकारी नपाउन् भनेर अर्जुनले नाटकको श्रृखला भने जारी राखे । घुमेर फर्केपछि आफू विदेश जाने वहाना बनाउँदै घरमा गारो हुन्छ भन्दै श्रीमतीलाई वुटवलमा कोठा भाडामा खोजेर राख्न थाले । वुटवल बस्ने प्रस्तावपनि विद्याले स्वीकार गरिन् ।
जव वुटवल वस्दा अन्न लिन कुञ्जलापुर स्थित घरमा गइन । त्यतिवेला अर्जुनले गरेको नाटकको सवै पर्दाफास भयो । घरमा ससुरा, जेठाजु र आफ्नै श्रीमानले सम्वन्ध विच्छेद भएको भन्दै घरमा पस्न दिएनन् । उनी छागाबाट खसे जस्तै भइन् । भुँइमा लडिन् । चिच्चाइन । तर, उनको चित्कार सुन्ने कोही थिएन त्यहाँ ।
विद्या आफै सम्हालिन । प्रहरी, अदालत जहाँ पुग्छिन् , उनलाई आफैले हस्ताक्षर गरेको त्यही कागजले समस्या पार्छ । विद्या भन्छिन् ‘ झुक्काएर हस्ताक्षर गरायो, अहिले अदालत र प्रहरीकहाँ जाँदा हामीले केही गर्न सक्दैनौ भन्छन् ।’
उनका एक छोरा र एक छोरी छन् । छोराछोरीकालागि भन्दै उनी अहिले प्रहरी र अदालत धाइरहेका छन् । उनको यो लडाइमा आमा समूह र गाउँका अगुवा महिलाहरुले साथ दिएका छन् ।
गाउँलेहरुले झुक्काएर कागज गराउने अर्जुनमाथि कारबाहीको माग गरेका छन् । मंगलापुरकी जमुना लम्सालले झुक्काएर कागज गराउने अर्जुनमाथि कार्वाही गर्नुपर्ने बताइन् ।‘हामी अर्जुनलाई कार्वाही नभएसम्म आन्दोलन गर्छौ ।’ मंगलापुर स्थित् इलाका प्रहरी कार्यालयमा धर्नाकालागि पुगेकी जमुनाले भनीन् । स्थानीय महिलाहरुले अर्जुनको घरमा ताला लगाइदिएका छन् । घरका सदस्यहरुलाई सुरक्षाको लागि भन्दै प्रहरीले राखेको छ । अर्जुन फरार छन् ।
‘महिलाको मुक्ति शब्दमा होइन , ब्यवहारमा खोज्नु पर्छ । मुक्ति कागजमा होइन जिवनमा खोज्न पर्छ र महिलाको मुक्ति नारामा होईन कार्यान्वयनमा खोज्न पर्छ । हामी अझै कति पीडित हुने ?’ जमुनाले प्रश्न गरिन् ।