काठमाण्डौ, २६ असार – बजार भाउ थेगिनसक्नु गरी बढ्दै गएपछि खुद्रां पैसाको अस्तित्व क्रमशः हराउँदै गएको छ । सानोतिनो रकमले केही पनि सामग्री नपाईने भएपछि नेपाल राष्ट्र बैंकले पनि साना नोट र र सिक्का निकाल्न छाडेको छ ।
राष्ट्र बैंकले पछिल्लो समय २५ तथा ५० पैसा दरका सिक्का छाप्न छाडिसकेको छ । १ र २ दरका कागजी नोट पनि छाप्न छाडिसकेको छ । केही वर्षअघि खुबै प्रचलनमा आउने १ र २ दरका सिक्का पनि निकाल्न क्रमशः कम गर्दै गएको छ ।
बजार भाउ बढेसँगै साना दरका नोट र सिक्का हराउँदै गएका छन् ।
- नागरिक दैनिक

