रौतहट, १ भदौ । रौतहटको क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सांसद सत्यनारायण भगत बीन प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जा राज्यमन्त्री नियुक्त भएपछि अहिले त्यस क्षेत्रका जनता खुशि भएका छन् ।
रौतहटको माधोपुर गाविसमा २०२६ सालमा जन्मेका भगत एक निम्न वर्गिय परिवारका सदस्य हुन् । रौतहटको माधोपुर गाविसका स्थायी बासिन्दा रहेका भगत २०४४ सालदेखि सक्रिय राजनीतिमा लागेका थिए ।
विभिन्न पार्टीमा सुरुमा आवद्ध भएपनि माओवादी पार्टीको स्थापनादेखि नै सक्रिय रुपमा आवद्ध भएर काम गरेका थिए । जनयुद्धकालमा १० वर्षसम्म भुमिगत जीबन बिताएका भगत माओवादी र सरकार बिच भएको शान्ति समझौतामा पनि सहभागि भएका थिए ।
पार्टीमा प्रचण्ड निकट मानिने भगत एक सच्चा र कर्तव्यनिष्ठ एवम् इमान्दार छबिका नेता हुन् । सामान्य परिवारमा जन्मेका भगतले एसएलसीसम्म मात्र अध्ययन गरेका छन् । उच्च शिक्षा गर्ने मन हुँदा हुँदै पनि पारिवारको आर्थिक कमजोरीका कारण उनको त्यो सपना सपनामै सीमित भएको थियो ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाईलाई पुरा गर्नका लागि उनी गाउँ छेउँमा रहेको बागमती नदीमा माछा मारेर समेत बेचेको उनका सहपाठीहरु बताउँछन् । सुरुदेखि नै संघर्ष गरेर पार्टीमा उचित ठाउँ बनाएका भगत अहिले रौतहटमा मलाह जातिबाट उच्च तहमा पुग्ने पहिलो व्यक्ति बनेका छन् ।
पार्टीमा प्रवेश गर्नुभन्दा पहिला नै वैवाहिक जीबन सुरु गरेका भगतका २ वटा छोरा र ३ वटा छोरी छन् । विकासको मामिलामा हरेकपटक ठगिँदै आएका रौतहट जिल्लाबासी भगत जस्तो विकासप्रेमी नेता राज्यमन्त्री बनेपछि निकै आशावादी बनेका छन् ।
- खबरडबली