आदिवासी जनजाति महासंघ पोर्तुगलको अध्यक्षमा नरभूपाल राई

पोर्तुगल। नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलको चौथो अधिवेशनले नरभूपाल राईलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । आइतबार सम्पन्न अधिवेशनमा अध्यक्षमा राईको मात्र उम्मेदवारी परेपछि सबै पदहरु निर्विरोध चयन भएका हुन् ।  

निर्वाचित १७ सदस्सीय कार्यसमितिको उपाध्यक्षमा हेम गुरुङ, राजेन्द्र शेर्पा, अगम सिं तामाङ, महासचिवमा मदन लिम्बु, सचिव श्यामसुन्दर श्रेष्ठ, कोषाध्यक्ष तारा गुरुङ र सह कोषाध्यक्षमा ईश्वरप्रसाद चौधरी रहेका छन् । 

बन्द सत्रले महासचिव योगेन्द्रमिलन छन्त्यालद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो भने कोषाध्यक्ष कमानसिं तामाङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमा उल्लेख उठाउन बाँकी रकम दाखिला गराउन रमेशकुमार गुरुङ, कान्छा शेर्पा र नरभूपाल राईलाई अधिकार प्रत्यायोजन गरेको छ ।

२२ औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन घोषणा सभामा लिस्बनका लागि अवैतनिक बाणिज्यदूत मकरबहादुर हमाल, संरक्षक रमेशकुमार गुरुङ, निवर्तमान अध्यक्ष दावासाङ्गे पाख्रिन, गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलका कावा अध्यक्ष राजन शेरचन, मगर समाज अध्यक्ष लालबहादुर पून, तामाङ समाज अध्यक्ष सोनाम योञ्जन लामा, किराँत याक्थुङ्ग चुम्लुङ्ग अध्यक्ष रिपुजंग लिम्बु, किराँत समाज उपाध्यक्ष नरभूपाल राई, जनप्रगतिशील मंच महासचिव डोलराज भण्डारी, नेपाली संघीय समाजका उपाध्यक्ष कुमार योञ्जन तामाङ, नेपाली प्रवासी मंचका वरिष्ठ उपाध्यक्ष रोबोट लिम्बु, नारी समाजका महासचिव मनु मल्ल रानाभाटलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा शेर्पा, तामाङ, किराँत, मगर र गुरुङ समुदायका परम्परागत साँस्कृतिक नृत्यहरु प्रस्तुत गरिएका थिए । उपाध्यक्ष राजु लामाको स्वागत मन्तव्य, अध्यक्ष कान्छा शेर्पाको अध्यक्षतामा कार्यक्रमको संचालन महासचिव योगेन्द्रमिलन छन्त्यालले गरेका थिए ।