स्लोभाकियामा एक नेपालीको रेल दुर्घटनामा परी निधन

योगेन्द्रमिलन छन्त्याल, ६ भाद्र, पोर्तुगल । स्लोभाकियामा एक नेपालीको रेल दुर्घटनामा परी निधन भएको छ । सिन्धुपाल्चोक जिल्ला ठुलोपाखर १ का ३९ वर्षिय गौतम दावा लामाको अगष्ट १४ तारिखका दिन मृत्यु भएको हो । 

स्लोभाकियाको सेनेक शहरमा घटना स्थलमै मृत्‍यु भएपछि मृतकको शव ब्राटिस्लावाको इन्स्टिट्युट अफ मेडिसिन, अस्पातलमा राखिएको छ । घटनाको पुष्टि गर्दै बर्लिनस्थित नेपाली राजदुतावासले शव नेपाल पठाउनको लागि गैह्र आवासीय नेपाली संघ  राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जर्मनीका संस्थापक अध्यक्ष दिलबहादुर गुरुङलाई जिम्मा दिएको छ । 

गुरुङले शव व्यवस्थापनका लागि ५१५० युरो लाग्ने बताएका छन् । सहयोग जुटाइदिन सबैलाई अनुरोध गरिएको छ । मृतक लामा १० वर्षदेखि नेपाल नगको हुँदा उनका परिवारले शव नेपाल पठाइदिन अनुरोध गरेका छन् । 

मृतकलाई चिन्ने बिदेशी साथी टोरे लेका अनुसार उनको राहदानीमा जन्म मिति १९७७ मे महिनाको ८ तारिख उल्लेख छ । नेपाली जनसम्पर्क समिति जर्मनीका सभापति विजय मोक्तानले सहयोग सङ्कलन भइरहेको जनाएका छन् ।