चुनाव लड्ने तयारीमा गोविन्द केसी !

काठमाडौं, २० भदौ । चिकित्सा शिक्षाको सुधारको आवरणमा राजनीति गर्न चाहने डा. गोविन्द केसीको भेद खुल्न थालेको छ । उनी निकट एम.डी.मा अध्ययनरत केही चिकित्सा शास्त्रका विद्यार्थीहरुका अनुसार, आगामी ०७४ सालको माघ महिनामा व्यवस्थापिका संसदको आम निर्वाचन भएमा नेपाली कांग्रेसको तर्फबाट काठमाडौंको क्षेत्र नं. ५ मा डा. गोविन्द केसीले आफू चुनाव लड्ने मनसाय व्यक्त गरेका छन् । 

सो क्षेत्रमा हालका कांग्रेसका सांसद नरहरि आचार्य विरामी परेको र डा. केसी गणेशमान पक्षीय कांग्रेस भएको हुनाले देउवाद्वारा टिकट दिलाउन पनि सक्छन् भनि जानकार स्रोत बताउँछ ।

केटाकेटीले आफ्नो माग पूरा गराउन लडीबुडी खेलेजस्तो फेरि म नवौं पटक अस्पताल प्राङ्गणभित्र दिनको ५ हजार जाने सुई लगाएर सुत्छु (अनसन) भनेर घुर्की देखाउँदै हिंड्न थालेका छन् ।

डा. गोविन्द केसीका समर्थक शैक्षिक माफियाद्वारा चीन र बंगलादेशमा एमबीबीएस पढ्न पठाउने भन्दै करोडौं रुपैयाँको विज्ञापनमा खर्च गर्छन् र सो रकम विज्ञापन छापेर असुल गर्न पाउने हुँदा अनसन बसेको १० दिन नपुग्दै गोविन्द केसीको जीवनरक्षा गर, डा. केसीको माग पूरा गर भन्ने ठूला प्रचारमा मिडिया हाउसहरु लाग्दछन् । साँघु साप्ताहिकमा खबर छ ।