योगेन्द्रमिलन छन्त्याल, ५ सेप्टेम्बर, पोर्तुगल । पोर्तुगलमा नयाँ शक्ति नेपालको गठन भएको छ । आइतबार लिस्बनमा सम्पन्न भेलाले धनराज शेर्पाको संयोजकत्वमा ८७ सदस्सीय तदर्थ समिति गठन गरेको हो ।
भेलाले आगामी अधिवेशनका लागि कार्यविभाजन गरेको छ । समितिको सह संयोजकमा भरतप्रसाद ढकाल, संगठन विभाग संयोजकमा कृष्णप्रसाद अधिकारी, आर्थिक संयोजकमा जितेन्द्र कार्की, युवा संयोजकमा मिङमार लामा, महिला विभाग संयोजकमा सत्य पहाडि र मिडिया संयोजकमा सन्तोष लामिछाने रहेका छन् ।
गैह्र आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष शम्भु गौतम, व्यवसायीद्वय भूपेन्द्र बस्नेत र ईश्वरप्रसाद चौधरीलगायतका व्यक्तिहरु पनि नयाँ शक्तिको तदर्थ समितिको सदस्य रहेका छन् ।
पोर्तुगलमा यसअघि काँग्रेस, एमाओवादी, एमाले, संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चानिकट राजनीतिक दलका प्रवासी संगठनहरु गठन भैसकेका छन् ।