शिक्षकलाई गाउँनिकाला !

उदयपुर, ३० भदौ । स्थानीयलाई वास्ता नगरेको भन्दै बेल्टारबसाहा नगरपालिका ५ माडिवासका एक शिक्षकलाई सामाजिक बहिस्कार गरिएको छ । बहिस्कारमात्रै होइन, सिंहदेवी माविका शिक्षक देवराज खड्कालाई गाउँनिकालासमेत गर्ने निर्णय गरिएको आजको कान्तिपुरमा खबर छ ।

शिक्षक भएर पनि गाउँलेसँग पटकपटक झगडा गरेको भन्दै शिक्षक खड्कालाई पछिल्लोपटक साउन ३० गते खेतमा पानी लगाउन गएको अवस्थामा स्थानीयले आक्रमण गरेका थिए ।

स्थानीय खम्बबहादुर खड्का र उनका छोरा दिनेश खड्काले शिक्षक खड्का र उनकी पत्नी रत्नकुमारीलाई आक्रमण गरी घाइते बनाएका थिए ।

खम्बबहादुर र दिनेशसँग भएको झगडाको विषयलाई लिएर देवराज र उनकी पत्नी रत्नलाई बहिस्कार गरिएको स्थानीयले बताए ।