योगेन्द्रमिलन छन्त्याल, पोर्तुगल । नेपाली नारी समाज पोर्चुगलको प्रथम अधिवेशन अक्टोवर १६ मा हुने भएको छ । २१ सेप्टेम्वर बुधवार सम्पन्न बैठकले अधिवेशन तयारी लागि कार्य विभाजन गरेको छ ।
समाजले अध्यक्ष सीता बरालको संयोजकत्वमा ३५ सदस्य मूल व्यवस्थापन समिति गठन गरेको छ । ९ अक्टोवरसम्म समाजको सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।
बैठकले रमेशकुमार गुरुङको संयोजकत्वमा निर्वाचन समिति, सुनीता मानन्धरको संयोजकत्वमा सदस्यता वितरण समिति, मनुमाया मल्लको संयोजकत्वमा प्रचारप्रसार समिति, जयकला राईको संयोजकत्वमा हल व्यवस्थापन समिति र सरु भण्डारीको संयोजकत्वमा अतिथि स्वागत तथा सत्कार समिति पनि गठन गरेको छ ।
नेपाली कल्चर हाउस आन्जुसमा ३ बजेदेखि शुरु हुने अधिवेशनमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई उपस्थितिका लागि समाजले अनुरोध गरेको छ ।
मूल व्यवस्थापन समितिका सदस्यहरुमा जयकला राई, सुनिता मानन्धर, मनुमाया मल्ल, सरु भण्डारी, राधिका सापकोटा, लक्ष्मी पुन, निशा किराती, गंगा गौतम, सजना पौडेल, सरिता शर्मा, राजकुमारी घर्ती मगर, सेमसांग शेर्पा, प्रिया सापकोटा, अनिता पौडेल, पिंकी श्रेष्ठ, तिलु पौडेल, दिपा शर्मा, निर्मला खरेल, पार्वती सुवेदी, रेविका के.सी., सोनु शर्मा, गीता राना, गीता तिम्सिना, सृजना तिम्सिना, जया गौतम, वुनु वाइवा, जमुना आचार्य, राधा महत, गायत्री श्रेष्ठ, सुमित्रा श्रेष्ठ, शुशिला थापा, भगवती भण्डारी, दुर्गा पाण्डे र पासांग योन्जन रहेका छन् ।
निर्वाचन समिति सदस्यहरुमा अशोक घिमिरे, गोविन्द पौडेल, डोलराज भण्डारी र विष्णु लुईटेल छन् भने सदस्यता वितरण समिति सदस्यमा निशा किराती, सेमसांग शेर्पा, निर्मला खरेल, जमुना आचार्य, प्रिया सापकोटा, गिता तिम्सिना, कविता शर्मा, रामकला सिलवाल र दुर्गा पाण्डे छन् ।
प्रचारप्रसार समिति सदस्यमा लक्ष्मी पुन र दिपा शर्मा छन् । हल व्यवस्थापन समिति सदस्यहरुमा रेविका के.सी, रामकला सिलवाल र सुशीला थापा छन् । अतिथि स्वागत तथा सत्कार समितिमा गंगा गौतम, सरिता शर्मा, सोनु शर्मा, रेविका के.सी र निशा किराती सदस्य छन् ।