युएई, मंसिर ६ – संयुत्त अरब एमिरेट्स युएईको अलऐनमा २० जना नेपाली अलपत्र परेका छन् । सुरक्षा गार्डको रुपमा ६ महिना अघि युएई आएका उनीहरु कम्पनीले काम नदिएका कारण समस्यामा परेका हुन् । युएईमा रहेको इतिसलात फेसीलिटी म्यान्जेमेन्ट कम्पनीमा आएका उनीहरु काम नपाएर अलपत्र परेका हुन् । आफूहरुसँग खानका लागि पनि पैसा नरहेको उनीहरुको भनाई
काठमाडौं पुरानो बानेश्वरमा रहेको डेस्टिनी म्यानेजमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ४ लाखसम्म तिरेर आएका उनीहरु युएई आएर काम नपाएपछि अलपत्र परेका हुन्।
यसरी अलपत्र पर्ने धेरै जसो चितवनका युवा छन् । अलपत्र मध्ये चितवनका अमृत भुजेल, जोगनारायण चौधरी थारु, सुनिल थारु, पवन अधिकारी, विष्णु सिलवाल र आशिष चौधरी छन्।
Loading...
त्यस्तै भोजपुरका खेमराज कटुवाल, मोरङका बिनोद चौहान, गोरखाका हरिराम थापा मगर र नारायण थापा मगर छन् । त्यस्तै उदयपुरका भोजप्रसाद दनुवार, नवलपरासीका नारायण दत्त भट्ट, सुन्दर बिके र कालिका–६ बर्दियाका प्रदिप शर्मा ढकाल रहेका
चार महिनादेखि अलपत्र २० जना मध्ये ६ जनालाई अर्को काम लगाउने भन्दै स्थानीय एजेन्ट कम्पनी चाईना दास मार्फत शुक्रबार सारजाहको सज्जामा लगिएको छ । तर उनीहरुले त्यहाँ गएर पनि काम पाएका छैनन् । त्यसरी सज्जा पुराईएकामा अमृत वाक्दच, बदु पण्डित, लेखत राना, रोशन मगर, मधु चन्द र राजकुमार तामाङ रहेका छन्।
उनीहरुले महिनामा चार दिन बिदासहित दैनिक १२ घण्टा काम गरे बापत १७ सय ८२ धिराम्स अर्थात झन्डै साढे ५२ हजार तलब पाउने भनेर नेपालमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर ६ महिनासम्म कुनै काम नदिएको बरु उल्टै नेपाल फर्काउने धम्की दिने गरेको अलपत्र परेकाले बताएका छन्।
अलपत्र परेका नेपालीले आफूहरुलाई युएई पठाउने म्यानपावर एजेन्सीलाई करार पत्रमा भने अनुसार काम युएई आएर नपाएको भन्दै पटक पटक जानकारी गराउँदा समेत वास्ता नगरेको बताएका छन् । उनीहरुलाई नेपालबाट युएई ल्याएर सुरुमा युएईको सोनापुर लेबर क्याम्पमा राखिएको थियो।
महिनौ काम नपाएपछि गुनासो गर्न सुरुगरेका उनीहरुलाई कम्पनीले अहिले अलऐन ल्याएर राखेको छ । अलऐनको बवादिमल नजिकै सारिकातमा रहेको लेबर क्याम्प क्षेत्रमा एउटा कोठामा ५ जनाका हिसाबले ४ वटा कोठामा उनीहरुलाई राखिएको छ।
उनीहरुसँग सुत्न बिच्छाउने बाहेक ओड्ने कपडा समेत छैन । खाना पकाउने भाडा जेनतेन मागेर जुटाए पनि पकाउनका लागि खाना समेत छैन । नेपालीहरु अलपत्र परेको थाहा पाएर चितवन समाज युएईले अहिलेसम्म खानाको व्यवस्था गरेको छ।
अलपत्र परेका ३ जनालाई कम्पनीले जबरजस्ती सोमबार नेपाल पठाउन लागेको छ । अलपत्र मध्ये चितवनका अमृत भुजेल, जोगनारायण चौधरी थारु, सुनिल थारुलाई सोमबार नेपाल फर्किने टिकट काटेको कम्पनीले बताएको छ।
उनीहरुले आइतबार नै दूतावास गएर आफूहरु समस्यामा परेको र कम्पनीले नेपाल पठाउन लागेको जानकारी गराएका छन् । दूतावासले नेपाल पत्र लेखेर सम्बन्धित म्यानपावरलाई कारबाहीका लागि अनुरोध गरेको छ।
त्यस्तै दूतावासले सम्बन्धित कम्पनीले आगामी दिनमा ल्याउने मागपत्रलाई स्वीकृत नगर्ने र कामदारबाट लिएको रकम फिर्ता गराउन सम्बन्धित निकायमा खबर गरेको जनाएको छ । म्यानपावर सञ्चालक सुजन श्रेष्ठले आफू दुई तीन दिन भित्रमा युएई आउने र काममा लगाउने भन्दै महिनौ कुराएको पीडितको भनाई छ।
यसअघि पनि त्यही कम्पनीमा ६० जना नेपाली कामदार अप्ठ्यारोमा परेका थिए । उनीहरुलाई विश्व नेपाल सहयोग समाज तथा गोरखा समाज युएईले सहयोग गरेका थिए।