९ वर्षीया अफसीन क्यूमबरलाई देखेर धेरै मान्छेहरु डराउछन् । नारकीय जिन्दगी छ ।
पाकिस्तानको कराँचीमा रहेकी अफसीनको टाउको १८० डिग्री सम्म घुम्छ । डेलिमेलका अनुसार मांसपेशीको खराबीका कारण यस्तो भएको हो । उनले सिधा बस्न र चर्पी जान पनि अरुको सहायता लिनुपर्छ । उनका ६ भाइ बहिनी छन् उनीहरुनै उनका साथी हुन् ।
५५ वर्षीय बुवा अल्लाह जुरियो र ५० वर्षीया आमा जुमलिनले डक्टरकहाँ लगे तर उपचार हुन नसक्ने बताइयो । सामान्य जन्मिएकी उनी ८ महिनाको हुँदा लडेकी थिइन् । त्यत्तिबेला अलिकति चोट देखियो । धेरथोर उपचार पनि गराइयो ।
उनी स्कुल पनि जादैनन् । उमेर बढ्दै जाँदा समस्या झन बढ्यो । उनको उपचार गराउन परिवारसँग पैसा पनि छैन ।