पोर्तुगलको कोईम्ब्रामा नेपाली नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

टोलेन्द्र गिरी ,कोईम्ब्रा । अप्रिल १२ तारिक को दिन पोर्तुगल स्थित कोईम्ब्रा मा बस्ने नेपालीहरुले इन्डोपाकिस्तानी रेस्टुरेन्टमा भव्यताका साथ नेपाली नयाँ बर्ष २०७२ मनाएका छन् । नेपाली समाज कोईम्ब्राको आयोजनामा भएको उक्त शुभकामना आदान प्रदान कार्यक्रम प्रारम्भ नेपाली रास्ट्रीय धुन बजाएर गरिएको थियो। 

शुभकामना आदानप्रदान गर्ने क्रममा उपस्थित सम्पूर्ण नेपाली हरुले एक आपसमा अंकमाल गर्दै सुख,समृद्दी र सफलताको कामनाका साथ खुशी साटासाट गरेका थिए।  नेपाली समाज कोईम्ब्राको जेष्ठ सदस्य उमानन्द गिरी सहित सनत के.सी र रामनाथ गिरी ले स्वागत तथा सुभकामना मन्तब्य दिनुभएको थियो। 

मगर समाज पोर्तुगलका उपाध्यक्ष बिरेन पुनले व्यक्ति गत तथा मगर समाजको तर्फबाट उपस्थित सबैजनालाई शुभकामना दिदै भावी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु गर्दै जानुपर्ने र नेपालीपन भुल्न नहुने कुरा सुझाए थिए भने गैर आबासिय नेपाली संघ पोर्तुगलका केन्द्रीय सदस्य मिलन सुवेदीले कोईम्ब्राबासी नेपाली लगायत सम्पूर्ण आबासिय तथा गैर आबासिय नेपालीहरुलाई नयाँ बर्षको शुभकामान दिनुभएको थियो।  

भिभिन्न परिस्थितिको बावजुत प्रवास मा रहेका हामी सबै नेपाली हरुको हातेमालो अपरिहार्य रहेको कुरा औल्याउदै नयाँ वर्ष ले विध्यमान परिस्थिति बाट नेपाल ले मुक्ति पाओस र सबैमा सकारात्मक सोचको विकास होस् भन्ने कामना गर्नु भयो / विभिद सास्कृतिक तथा सांगितिक बाताबरणको भरपुर मनोरंजन साथ सम्पन्न भएको उक्त कार्यक्रम को अध्यक्षता नेपाली समाज कोईम्ब्राको संयोजक हरी सापकोटाले गर्नु भएको थियो भने कार्यक्रम संचालन टोलेन्द्र गिरीले गर्नु भएको थियो।