काठमाडौंमा भूकम्पको ठूलो धक्का

काठमाडौं, २२ माघ । राजधानीमा भर्खरै भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।

राति १० बजेर ५ मिनेट जाँदा भूकम्पको कडा धक्का महसुस गरिएको हो । भूकम्प धक्काले राजधानीबासी घरबाहिर निस्केका छन् ।

सिन्धुपाल्चोक केन्द्र भएर ५.५ रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । १० किलोमिटर मात्रै गहिराई बनाएर भूकम्पको परकम्पन गएकाले ठूलो धक्का महसुस गरिएको मापन केन्द्रले जनाएको छ।

राजधानीसहित भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, कास्की, लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ।
- दैनिक नेपाल