काठमाण्डौ, १२ असार– नेपाल राष्ट्र बैंकले तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा प्रवाह नगरेको भन्दै हिमालयन बैंकलाई १ करोड १५ लाख २६ हजार ६६१ रुपैयाँ जरिवाना गरेको छ ।
चालु आवको पहिलो र दोस्रो त्रैमासिकमा तोकिएको अनुपातमा विपन्न वर्ग कर्जा सीमा अनुसार नभएको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई जरिवाना गरेको हो ।
- कारोबार दैनिक