जापानमा बस्नेहरुले बिर्सिए नेपाली झण्डाको स्वरुप, नेपाली फेस्टिभल नै विवादमा !

जापान । जापानमा बस्ने नेपालीहरुले आयोजना गर्न लागेको नेपाल फेस्टीबल विवादमा तानिएको छ । विवाद अरु कारणले नभइ नेपालको झण्डाको कारणले भएको हो । 

नेपालीहरुले नै आयोजना गरेको कार्यक्रमको मुख्य हलमा नेपालको झण्डालाई छेडछाड गरेर टाँगिएपछि नेपालीहरुले नै यस्को विरोध गरेका हुन् । यो विरोधसँगै फेस्टीवल विवादमा तानिएको हो। 

नेपालको झण्डा नै नचिनेको झै आयोजकहरुले नेपालको शान नेपालको झन्डाको अपमान गरेको भन्दै स्थानिय नेपालीहरुले ब्यापक बिरोध गरेका हुन् । 

जापान बस्ने नेपालीहरुको सामाजिक सञ्जालमा यसको व्यापक विरोध समेत भएको छ। सामाजीक सञ्जाल भरी तस्बिर सहित सेयर गरेर सबै नेपालीले आयोजकलाई गल्ती सच्याउन दवाव समेत दिएका छन्। 

नेपालको झण्डा नदेखेका र नचिनेकाहरुले कार्यक्रम आयोजना गरेका हुन की भन्दै आयोजकको व्यङग्य समेत कतिपय नेपालीहरुले गरेका छन् । गौतम ध्रुवले फेसबुकमा आयोजकहरुको दोहोलो काढेर लेखेका छन्। नेपाल इन जापान परिवारले पनि विरोध गरेको छ । 

नेपाल फेस्टीबल आयोजना गरेर प्रयटन प्रबर्धनमा सहयोग पुराउन खोजेपनि नेपालको वास्तविक झण्डाको पहिचान मुख्य कार्यक्रम स्थलमा झल्काउनु पर्नेमा आयोजकले चन्द्र र सुर्यको मात्र फोटो स्टेजमा झुण्ड्याएपछी ब्यापक बिरोध भएको हो। 

राष्टीय झन्डाको अपमान र छेडछाड भएपछि कतिपयले क्रायक्रम बहिस्कार गर्ने भन्दै असन्तुष्टी समेत जनाएका छन्। आयोजकले कार्यक्रम शुरु हुनु अगाडीसम्म सच्याओस् भनेर धेरैले सुझाब दिएका थिए । फेस्टीबल शनिबार र आईतबारका लागि तय भएको हो । 

व्यापक दवावपछि पनि आयोजक संस्थाले गलत झण्डा राखेर नै कार्यक्रम गरिएको बताइएको छ ।