योगेन्द्रमिलन छन्त्याल, २८ भाद्र । पोर्तुगलमा एक नेपालीको नेपालीकै चक्कु प्रहारबाट मृत्यु भएको छ । मंगलबार राति पर्वतका ४४ वर्षीय हरिबहादुर जिसीकाे हत्या भएकाे हाे ।
धादिङका अर्जुन सापकोटाले उनको हत्या गरेको स्थानीय प्रहरीले जनाएकाे छ । हत्यारा अर्जुन फरार छन् । प्रहरीले खोजी कार्य जारी राखेको छ । हत्याराकाे कुनै कागजपत्र छैन ।
मृतक जिसीको शव सान्ता मारिया अस्पतालमा राखिएको छ ।पोष्टमास्टर्मपछि अस्पताल प्रशासनले मृतकको शव परिवार र नेपाली समुदायलाई जिम्मा लगाउने बताएको छ ।
एउटा चाइनीज रेष्टुरेन्टमा मृतकका भाइ ओम जीसीसँग विवाद गरेपछि साहुले तीनदिन अगाडि अर्जुनलाई कामबाट निकालिदिएका थिए । मंगलबार राति करिब ११:४५ बजे क्याम्पो पेकिनोको सडकमा सँगै रहेका दाजुभाइमाथि अन्धाधुन्ध चक्कु प्रहार गरिएको थियो ।
३८ वर्षीय ओम जीसी पनि आक्रमणमा सिकिस्त घाइते भएका थिए । उनको टाउकोमा चार टाँका लगाइएको गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगल निवर्तमान अध्यक्ष भीम केसीले नमस्ते नेपाली डट कमलाई बताए । उनको देब्रे आखामा पनि चोट लागेर निलो भएको छ । उपचारपछि उनी आजै सान्ता मारिया अस्पतालबाट डिस्चार्ज भएका छन् । भाँडा सफा गर्ने काम गुमाएको झोकमा बदलास्वरुप आक्रमण गरेको ओम जीसीले बताएका छन् ।

मृतकका श्रीमति र तीन वर्षीया एक छोरी पोर्तुगलमै रहेका छन् । अर्की छोरी नेपालमै रहेको बुझिएको छ । जिसीका तीन भाइ मध्ये मृतक हरिबहादुर जिसी जेठा र घाईते ओम जिसी कान्छा हुन् ।
साविक मल्लाज गाविसका हरिबहादुर जिसी पांच बर्षअघि पोर्तुगल आएका हुन । कानुन बिषयमा स्नातक गरेका जिसी आर्थिक समस्याका कारण केही समय बेल्जियम बसेर पोर्तुगल आएका थिए ।
नाबालिका छोरीको शिक्षाका लागि सहयोग :
पोर्तुगलमा घटेको यो दुखद घटनाबारे संसारभरका नेपालीहरुले चासो देखाएका छन् । जीसीको मृत्युपछि परिवारको अवस्था बिचल्ली हुने भएको छ । परिवारलाई सहयोग गर्न प्रस्ताव पनि आइसकेका छन् । यसबारेमा परिवारसँगको छलफलपछि जानकारी गराइनेछ । निवर्तमान अध्यक्ष केसीका अनुसार, एनआरएन इटालीका आइसीसी सदस्य कुमार श्रेष्ठले मृतकका नाबालिका छोरीको शिक्षा दीक्षाका लागि ५०० युरो उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।