बेल्जियम । नेपाली जनसम्पर्क समिति बेल्जियमभित्रको विवाद आकासिदै गएको छ । गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको हालै सम्पन्न निर्वाचनमा समितिका उम्मेदवारको पराजयसंगसंगै आरोप प्रत्यारोप चुलिदै आएको छ । यसैबीच जनसम्पर्क समिति बेल्जियमले युरोप जनसम्पर्क महामन्त्री गंगाधर गौतमलाई तीन वर्षकालागि साधरण सदस्यबाट निष्काशन गरेको छ । एक दर्जन आरोप लगाउदै उनलाई साधरण सदस्यसमेत नरहने गरी तीन वर्षसम्मका लागि कारवाही गरेको हो । उनलाई एनआरएनए बेल्जियममा अध्यक्ष उमेदवार सन्तोस (सुभास) जोशीलाई हराउन सांगठनिक रुपमै लागेको तथ्य फेला परेको भन्दै कारवाही गरेको उल्लेख छ । कारवाहीमा परेका गौतम हाल एनआरएनए बेल्जियमका निवर्तमान अध्यक्ष हुन् । उनी जससकै तर्फबाट अध्यक्ष बनेका हुन् ।
जससको अनुशासन समितिको छानबिनपछि आरोपित गंगाधर गौतमलाई स्पष्ठिकरण मागेको तर चित्तबुझ्दो जवाफ नदिई उल्टै अनुशासन समितिको हैशियतमाथि धावा बोल्ने काम गरेको कारवाहीको सिफारिस पत्रमा उल्लेख छ । नेपाली जनसम्पर्क समिति बेल्जियममा भएको विधान अनुसार अनुशासन समितिको सर्वसम्मतिमै उनमाथि कारवाही गर्न जसस बेल्जियमलाई सिफारिस गरिएको पनि पत्रमा छ । एन आर एन बेल्जियमको निर्वाचनमा भएको षडयन्त्रका क्रममा जससका महामन्त्रि र अन्य ब्यक्तिमाथिपनि उजुरी परेको र तिमाथि अध्ययन भैरहेकोपनि जनाइएको छ । अनुशासन समितिको सभापति बलिराम झा र सदस्यहरुमा उल्का घिमिरे, इन्द्र क्षेत्री र राजेन्द्र पौडेलको हस्ताक्षर छ ।
आरोपहरु यस्ता छन् –
१- जनसम्पर्क समिती र प्रवाशी नेपाली मञ्चबिच आधिकारिक रुपमै बनेको गठबन्धनप्रति सैद्दान्तिकरुपमै बिमती र व्यवहारिकरुपमा असफल बनाउन सक्रिय रहेको ।
२ – गठबन्धनमा संलग्न एमाले उमेदवारहरुसँग ब्यक्तिगतरुपमै उनीहरुसँग प्रत्यक्ष भेटि उनीहरुलाई मतदान नगर्ने र बिपक्षी उमेदवारहरुलाई मतदान गरि हराइदिने भनि बारम्बार धम्काएको ।
३ – जनसम्पर्क समिती र प्रवाशी नेपाली मञ्चले खडा गरेको समावेशी समूहको कहिँकतै प्रचार नगरि झाराटार्ने हिसाबले हाम्रो पक्षका उमेदवारको मात्र पोष्टर सामाजिक सञ्जालमा प्रकाशित गरि गठबन्धनमा अविश्वाश पैदा गराएको ।
४ – सभापतीसँग ब्यक्तिगत ईगो लिई समग्र प्रचार अभियानलाई कमजोर बनाएको ।
५ – विपक्षी गठबन्धनसँग भित्रभित्रै सम्पर्कगरि जनसम्पर्क समिति र गठबन्धनबिच सार्थक वार्ता हुनै नदिएको ।
६ – जनसम्पर्क समितीले भरेका पञ्जिक्रित सदस्यहरुको आइडी कार्ड जनसम्पर्क समितीलाई वितरण गर्न नदिई विपक्षी उमेदवारहरुलाई वितरण गर्न दिएको ।
७ – मतदाता नामावलीमा ब्यापक अनियमितता गरि प्रकाशित भएका नाम हटाउने र नयाँ मतदाता थप्ने तथा मतदानको अवधिभरि गैह्र मतदाताहरुलाईपनि मतदान गर्न छुट दिएको ।
८ – मतदानको विहानसम्मपनि मतदाता नामावलीमा फेरबदल गरेको ।
९- हाम्रो प्यानलका कतिपय उमेदवरहरुलाईपनि बिपक्षी प्यानलमा राख्ने र भ्रम स्रिजना गर्ने काममा टेवा पुर्याएको ।
१०- नेपाली जनसम्पर्क समिती बेल्जियमको पूर्व अध्यक्ष, एन आर एन बेल्जियमको बहालवाला अध्यक्ष तथा युरोपियन कांग्रेसको महासचिवजस्तो ब्यक्तिले आफ्नो मतपत्रको प्रयोग आफैं नगरि दोश्रो ब्यक्तिलाइ मतदान गर्न दिएको ।
११- सामाजिक सञ्जालहरुमा आफ्नो प्यानलको प्रतिस्पर्धी प्यानलको उमेदवारहरुको पक्षमा अभिब्यक्ति दिएको भिडियो पोष्ट भएको पाइएको ।
१२- यावत क्रियाकलाप गरि अन्तमा हाम्रो अध्यक्षका उमेदवारलाई पराजित गराएको ।
गंगाधर पक्षद्वारा सापकोटालाई सभापतिबाट बर्खास्त गर्न माग :
गंगाधर गौतमले अध्यक्ष सीता सापकोटाद्वारा पदको चरम दुरुपयोग गर्दै अहमता दम्भ र प्रतिसोधका कारण निर्वाचनको परिणाम स्वीकार गर्न नसकी लज्जास्पद र घृणित तवरले कार्बाहीको कुरा उठान गरेको बताएका छन् । महामन्त्रीद्वय दिनेशप्रसाद भण्डारी र सुवास गुरुङले काँग्रेस सभापतिलाई पत्रमार्फत सापकोटालाई सभापतिबाट बर्खास्त गर्न निवेदन दिएका छन् ।