रोजगारीको लागि कतार रहेका एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।
अर्घाखाँचीका सितगङ्गा गाउँपालीका वडा नं ४ पोकेडाडाका मधु घर्ति क्षेत्री सडक घाइते भएका थिए । समाल रोडमा दुर्घटनामा परि घाइते भएका क्षेत्रीको उपचारको क्रममा ज्यान गएको हो ।
बिगत चार बर्षदेखि कतारको एक कम्पनीमा कार्यरत क्षेत्रीका श्रीमती र एक छोरा रहेका छन् ।
उनी सात महिना अघि बिदामा नेपाल आएर फर्केका थिए । मृतक क्षेत्रीको शव अहिले हमद जनरल अस्पतालको शव गृहमा राखिएको छ ।
कम्पनीले कागजी प्रक्रिया पुरा गरि शवलाई नेपाल पठाउन अन्तिम तयारीमा रहेको बताइएको छ । कार्तिक एकमा क्षेत्रीको शव नेपाल ल्याइने भएको छ ।